स्वास्थ्यमा महिला नेतृत्वका लागि अवसर र चुनौतीबारे सम्मेलन सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वको लागि अवसर र चुनौती नामक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र वुमन इन ग्लोबल हेल्थ नर्वेको संयुक्त आयोजनामा सम्मेलन भएको हो । सम्मेलनमा नेपालमा स्वास्थ्य क्षेत्रमा नीतिगत तहमा पुगेका महिला स्वास्थ्यकर्मी तथा नर्वेबाट आएका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले दुई देशमा स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वमा पुग्न कस्तो चुनौती भोग्न पर्यो र अब हामी मिलेर के गर्न सक्छौं भन्ने विषयमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जनाइन् । उनले सम्मेलनमा बोल्दै महिला भएकै कारण स्वास्थ्य मात्र हैन कुनै पनि क्षेत्रको नेतृत्तमा पुग्न कोही पनि बाधक बन्न नहुने र त्यसका लागि महिला स्वयं पनि सबै चुनौती सामना तयार भएर अघि बढ्न पर्नेमा जोड दिइन । उनले नेपाल मात्र नभएर विकसित देशहरुमा पनि महिला नेतृत्वमा पुग्न निकै संघर्ष गर्नु परेको अनुभव सुनाइन ।
उनले आफू आइओएमको पहिलो महिला डीनको रुपमा आउनका लागि आफू सक्षम छु भन्ने प्रमाणित गर्नु परेको र त्यसमा आफना पुरुष साथीहरुले सहयोग गरेको सुनाइन । उनले नर्वे जस्तो विकसित देशमा पनि २१० वर्षपछि मात्र अहिले पहिलोपटक ओस्लो यूनिभर्सिटीको फ्याकल्टी अफ मेडिसिनमा महिला डीन नियुक्त भएको सुनाइन । सम्मेलनमा सहभागी भएकी युनिभर्सिटी अफ ओस्लोकी फ्याकल्टी अफ मेडिसिनकी डीन प्राडा हाने हर्बोले महिलालाई कम आँकेर नेतृत्व नदिने प्रवृत्ति सबैतिर भएको भन्दै काम गर्न र चुनौती सामना गर्न महिलाहरु पछि पर्न नहुनेमा जोड दिइन ।
सम्मेलनमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा आरजु राणाले महिलाहरुले समान अवसर पाएमा नेतृत्व लिन सक्छन् भन्ने प्रमाणित भइसकेकाले उनीहरुका लागि समान अवसर दिइनुपर्नेमा जोड दिइन । त्यसका लागि परिवारको पनि साथ चाहिने बताइन् ।
सम्मेलनमा सहभागी अधिंकांशले महिला भएकै कारण आफूहरुले बारम्बार आफू सक्षम छु भन्ने प्रमाण पेश गरिरहन पर्ने गुनासो गरेका थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु