Health TV Online
Health TV Online
Health TV Online

नेपालगंजमा ‘खोज र खोप’ अभियान

नेपालगंजमा ‘खोज र खोप’ अभियान

हेल्थ टिभी अनलाइन : नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको थियो। दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएपछि अहिले पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा–वडामा कार्यशाला गोष्ठी भइरहेका छन्। युनिसेफको सहयोगमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको छ।

वडास्तरदेखि नै छुट बच्चाको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

“पूर्णखोप कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ”, उनले भने, “वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ।”

वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रमुख, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधिलगायतको उपस्थितिमा सबैजसो वडामा ‘खोज र खोप’ अभियानबारे छलफल र अन्तक्र्रिया भइसकेको बस्नेतले जानकारी दिए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना