Health TV Online
Health TV Online
Health TV Online

नेपालमा मातृ मृत्युदर घट्यो, एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु

नेपालमा मातृ मृत्युदर घट्यो, एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा मातृ मृत्यु दरमा केही सुधार भएको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ ले नेपालमा एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको देखाएको छ।

राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक पूर्ण विवरणमा नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु भएको देखाएको हो । यसअघिको तथ्यांकमा नेपालमा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा २३९ जना रहेको थियो ।

सरकारले यसपटक जनगणनासँगै मातृ मृत्युको विषयवस्तु पनि समावेश गरी सोको पनि अध्ययन गरेको थियो । उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।

गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर मान्ने गरिन्छ । यो अध्ययनमा यो अवधीमा भएको मृत्युलाई समावेश गरिएको हो ।

सरकारले सन् २०३० सम्ममा मातृमृत्युदर ७० मा झार्ने लक्ष्य लिएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना