Health TV Online
Health TV Online
Health TV Online

दुई हप्ते खोकी कतै क्षयरोग त होइन ?

दुई हप्ते खोकी कतै क्षयरोग त होइन ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज मार्च २४ अर्थात विश्व क्षयरोग दिवस । क्षयरोगबारे जनचेतना जगाउन र यसको रोकथाममा काम गर्नका लागि प्रेरित गर्न हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यस वर्ष विश्व स्वास्थ्य संगठनले हो, हामी क्षयरोग अन्त्य गछौं भन्ने नारा तय गरेको छ ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वमा ६० लाख पुरुष। ३४ लाख महिला र १द्द लाख बालबालिका गरी १ करोड ६ लाख मानिसमा क्षयरोग देखिएको थियो । क्षयरोग उपचारले निको हुने रोग भए पनि सन् २०२१ मा विश्वमा क्षयरोगका कारण १६ लाख मानिसको मृत्यु भएको अनुमान छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन्। यसैगरी ६९ हजार नयाँ बिरामी थपिन्छन भने १७ हजार बिरामीको मृत्यु हुन्छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी उपचारमा दर्ता भएका छन्। क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक डा नविन प्रकाश शाहका अनुसार अझै पनि प्रत्येक वर्ष ३२ हजार क्षयरोगका बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेको भन्दै यो ठूलो चुनौती रहेको बताए । उनले क्षयरोग सरुवा रोग भएकाले उनीहरुले नजानेरै समाजमा रोग सारिरहेको हुनसक्ने बताए ।

क्षयरोग लागेको कसरी थाहा पाउने ?

लगातार २ हप्ता वा सो भन्दा बढी समयसम्म खोकी लागिरहनु

-खाना खान मन नलाग्नु

-शरीर दुब्लाउदै जानु

-कमजोरी महशुस हुनु

-साँझ पख ज्वरो आउनु

-खकारमा रगत देखा पर्नु

यी माथिका लक्षण क्षयरोगका लक्षण हुन् । यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर खकारको जाँच गरेर क्षयरोग भए नभएको पत्ता लगाउनुपर्छ । समयमा नियमित उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ । नेपालमा क्षयरोगको निदान र उपचार निशुल्क हुन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना