तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थ बिक्री गर्न रोक

हेल्थ टिभी अनलाइन \काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खाजन्य पदार्थ बिक्री गर्न रोक लगाएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै गुट्खा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो।
प्रतिबन्धसँगै नगरपालिकाले गुट्खा बिक्री वितरण गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय समेत गरेको छ। गुट्खाजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने तथा सो बाट निस्कने फोहरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पर्ने भएकोले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
मंगलबार प्रकाशित सूचनामा नगरपालिकाले पहिलो, दोस्रो र तेस्रो पटक गरी जरिवानाको फरक दर निर्धारण गरेको छ। त्यसमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु