नेपालमा वार्षिक ३२ हजार क्षयरोगी उपचारको पहुँच बाहिर

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा वर्षेनी ३२ हजार क्षयरोगी उपचारको पहुँचबाहिर हुने गरेको तथ्य सार्वजनिक भएको छ । मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसको अवसर पारेर बुधबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गरेको पत्रकार सम्मेलनका क्रममा केन्द्रका निमित्त निर्देशक डा नविन प्रकाश शाहले मुलुकभर वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने र त्यसैगरी ३२ हजार क्षयरोगी उपचारको दायरामा आउन नसकेको जनाएका हुन्।
उनले यही उपचारको दायरामा नआएका बिरामी नै क्षयरोग अन्त्यका लागि ठूलो चुनौती भएको बताए । उनले क्षयरोग सरुवा रोग भएकाले पहिचान नभएको बिरामीले समूदायमा रोग सारिरहेको हुनसक्ने भन्दै उनीहरुलाई जसरी पनि उपचारको दायरमा ल्याउन सबैको सहयोग आवश्यक भएको बताए ।
उनले नेपालमा हरेक वर्ष नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी हुने र हरेक वर्ष १७ हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको जानकारी दिए । गत आर्थिक वर्ष २०७८ \७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी पत्ता लागि उपचारमा बसेका थिए । यी मध्ये ९१ दशमलब ५ प्रतिशत उपचार सफल भई निको भएका थिए । केन्द्रले गत वषदेर्खि २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियानका क्रियाकलाप सञ्चालन गरिरहेको छ भने यो अभियानलाई अबको ४ वर्षमा ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं’ भन्ने नाराका साथ यही मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउन लागिएको हो।
२ हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागिरहनु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु, खाना मिठो नलाग्नु, खकारमा रगत देखा पर्नु जस्ता लक्षण क्षयरोग पनि हुनसक्छ । त्यसैले यस्ता लक्षण देखिएमा क्षयरोगको शंका गरी जाँच गर्न केन्द्रले सबैलाई आग्रह गरेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु