महाराजगंज मेडिकल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगंज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।
अनेरास्ववियुका नेता लव रावलकाअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित सिंहले ५८६ मत प्राप्त गरे । उनकी प्रतिस्पर्धी रहेकी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् । यस्तै, सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपाने विजयी भइन् । न्यौपानेले ६३८ मत प्राप्त गरिन भने उनका प्रतिद्धन्द्धी पारस खड्काले ५२९ मत ल्याए ।
यसैगरी, कोषाध्यक्षमा अनिलकुमार साह ६२९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्र्धी सुमन वलीले ५३३ मत ल्याए । सदस्यहरुमा पनि अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९, वीरेन्द्र ६६१, सोमराज ६१९, युवराज ६२८, अनुप ६६३, रितेश ५७९ र अशोक ५७९ मत ल्याएर विजयी भए । प्रत्यक्षतर्फ कुल ११८१ मत खसेकामा ११७९ मत सदर र २ मत बदर भएको थियोे । यस्तै, समानुपातिकतर्फ पनि अनेरास्ववियु नै पहिलो भएको छ । अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीले १०५ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले १७ मत ल्याए । समानुपातिकतर्फ ११७९ मत खसेको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु