Health TV Online
Health TV Online
Health TV Online

‘एचआइभी सेल्फ टेस्टिङ’ लाई उपचारकै अंगको रुपमा हेरिनुपर्छ : विज्ञ

‘एचआइभी सेल्फ टेस्टिङ’ लाई उपचारकै अंगको रुपमा हेरिनुपर्छ : विज्ञ

हेल्थ टिभी अनलाइन\ दिल्ली : एचआइभी सेल्फ टेस्टिङलाई एचआइभी उपचारकै एक अभिन्न अंगको रुपमा हेरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

भारतको नयाँ दिल्लीमा बिहिबार आजबाट सुरु भएको १४ औं एड्स सोसाइटी अफ इन्डियाको राष्ट्रिय सम्मेलनमा विज्ञहरुले उक्त कुरा बताएका हुन् । मार्च १७ देखि १९ सम्म हुन लागेको सम्मेलनको अघिल्लो दिन प्रि -कन्फ्रेन्स वर्कसपमा बोल्दै एड्स सोसाइटी अफ इन्डियाका अध्यक्ष डा ईश्वर गिलाडा ले एचआइभीको सेल्फ परीक्षण एचआइभी नियन्त्रणका लागि असाध्यै महत्वपूर्ण रहेको भन्दै यसको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले सन् २०३० सम्म एड्स उन्मूलनको लक्ष्य लिएकोमा सो पूरा गर्नका लागि उपचारको पहिलो खुडकिलोको रुपमा सेल्फ टेस्टिङलाई लिइनुपर्ने बताए । उनले भारतमा हरेक ४ जना एचआइभी संक्रमितमध्ये एक जनालाई आफूलाई एचआइभी संक्रमण भएको थाहा नभएको समेत जिकीर गरे ।

अहिले नेपाल लगायत ९८ देशहरुमा एचआइभी नियन्त्रणका लागि सेल्फ टेस्टिङलाई एउटा कार्यक्रमभित्रै समावेश गरेको र तीमध्ये ५२ देशमा नियमित टेस्टिङ भइरहेको छ । डा गिलाडाले भारतमा यो टेस्ट सुरु गर्दा एचआइभी परीक्षणको दायरा बढ्ने बताए । भारतमा हाल २३ लाख व्यक्ति एचआइभी संक्रमित रहेको बताइएको छ । तर भारतमा अहिलेसम्म एचआइभी सेल्फ टेस्टिङ सुरु हुन सकेको छैन् ।

कार्यक्रममा एचआइभी संक्रमितको क्षेत्रमा का गर्दै आएको आशा फाउन्डेसनकी डा ग्लोरी एलेक्जेन्डरले अन्य देशहरुमा एचआइभी सेल्फ टेस्टिङ सुरु गरिसकेको अवस्थामा भारतमा पनि यसको सुरु गर्न ढिला गर्न नहुने बताइन । उनले यो टेस्ट सजिलो र विश्वासिलो भएको समेत जिकीर गरिन ।

सम्मेलनमा भारतका एचआइभी क्षेत्रमा का गर्दै आएका विशेषज्ञ एवम नेपाल, म्याम्मार, श्रीलंका, इन्ग्ल्डान्ड, अमेरिका लगायतका विज्ञहरुको सहभागिता रहेको छ ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना