थप २ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित १६

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार १८ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आज १ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा ७ हजार ७५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म १२ हजार २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु