जनचेतनामूलक कार्यक्रम गर्दै विश्व मिर्गौला दिवस मनाइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै यस वर्षको मिर्गौला दिवस मनाइएको छ । आज परेको विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दले मैत्रीपूर्ण फुटबल प्रतियोगिता, पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन र उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने र अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता अंग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार पत्रकार, समाजसेवी बीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको आयोजकले जनाएका छन्। उक्त प्रतियोगितामा अंग प्रत्यारोपित टोलीले ४ – १ गोल अन्तरले चिकित्सक तथा कलाकारको टोलीलाई पराजित गरेको थियो ।
उक्त कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जनले मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले गरेको सफलताको खुलेर प्रशंसा गरे । उनले अंगदान जस्तो महान कार्यलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
यस वर्षको मिर्गौला दिवसको नारा ‘अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु