‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ सम्पन्न, आठ बुँदे घोषणापत्र जारी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको अल नेपाल मेडिकल कन्फ्रेन्स -२०२३ सम्पन्न भएको छ। विराटनगरमा तीन दिनसम्म चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।
तीन दिनसम्म चलेको सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हाे।
‘अल नेपाल मेडिकल कन्फ्रेन्स’ हरेक तीन वर्षमा हुने गर्छ। यस वर्ष विराटनगरमा यही फागुण १८ देखि २० सम्म बिहीबारदेखि शनिबारसम्म भएको थियो। संघको ३० औं सम्मेलन चितवनमा हुने बताइएको छ।
सम्मेलनले मेडिकल टुरिजम र मेडिकल एजुकेशन टुरिजमका लागि गृहकार्य अगाडि बढाउने, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि थप पहल गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनको कार्यान्वयनमा जोड दिने लगायतका विषय घोषणापत्रमा उल्लेख छ।
सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु