‘एनएमए- रुपा चिकित्सा सेवा अवार्ड’ नेपाल क्यान्सर अस्पतालकी नर्स लहरमायालाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : यस वर्षको ‘एनमएए- रुपा चिकित्सा सेवा अवार्ड २०७९’ नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी नर्स तथा अस्पतालकी मेट्रोन समेत रहेकी लहरमाया भासिंकलाई प्रदान गरिएको छ ।
विराटनगरमा भएको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा बिहिबार उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालको नर्सिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत उनलाई अवार्ड प्रदान गरिएको हो ।
अवार्ड पाएसँगै उनले आफूलाई नसिंङ क्षेत्रमा अझ बढी काम गर्न प्रेरणा मिलेको बताइन् ।
नेपाल मेडिकल एशोसिएसनसँगको सहकार्यमा रुपा फाउन्डेनले स्वास्थ्य क्षेत्रको विभिन्न विधामा उत्कृष्ट काम गर्ने एक जनालाई प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु