Health TV Online
Health TV Online
Health TV Online

‘प्रत्येक वर्ष ८० लाख शिशु जन्मजात समस्या लिएर जन्मन्छन्’

‘प्रत्येक वर्ष ८० लाख शिशु जन्मजात समस्या लिएर जन्मन्छन्’

हेल्थ टिभी अनलाइन : विश्वभर प्रत्येक वर्ष ८० लाख शिशु कुनै न कुनै जन्मजात समस्या लिएर जन्मने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष जन्मिएका ८० लाख शिशुमा कुनै न कुनै समस्या बर्थ डिफेक्ट देखिने गरेको छ । यसरी जन्मनेहरुमध्ये १० जनामा ९ जना न्यून तथा मध्यम आय भएका देशका शिशु रहेको पनि संगठनले जनाएको छ ।

विश्व बर्थ डिफेक्ट्स डेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । जन्मजात देखिने समस्याहरुमा मुटुको समस्या पहिलो नम्बरमा पर्छ । त्यसपछि न्यूरो ट्युब डिफेक्ट र डाउन सिन्ड्रोम रहेका छन्। यी बाहेक अनय धेरै समस्याहरु शिशुहरुमा देखिने गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनकै तथ्यांक अनुसार दक्षिण पूर्वी एशियामा बाल मृत्युको तेस्रो कारणमा जन्मजात समस्या रहेको छ । यसैगरी नवजात शिशुको मृत्युलाई हेर्दा १२ प्रतिशत मृत्यु यही समस्याका कारण हुने गरेको पाइन्छ । पछिल्लो समय शिशुमा देखिने जन्मजात समस्या तीब्र रुपमा बढेको पाइन्छ ।

दक्षिण पूर्वी एशियामा यो संख्या सन् २०१० मा ६२ प्रतिशत दशमलब २ प्रतिशत थियो भने सन् २०१९मा यो संख्या बढ्र ९ दशमलब २ प्रतिशत पुगेको छ । सन् २०१९ मा मात्रै यस क्षेत्रमा १ लाख १७ हजार बालबालिकाको मृत्यु जन्मजात समस्याले भएको तथ्यांक रहेको छ । बर्थ डिफेक्टबाट हुने मृत्युदर रोक्न सबै मिलेर काम गर्न यसको निदान र उपचारमा सबैको पहुँच पुराउन आवश्यक रहेको संगठनले जनाएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना