फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको मितिलाई स्मरणीय बनाउन हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिएको हो। त्यही अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउन लागेको हो ।
स्वास्थ्य सेवा दिवस देशव्यापी रुपमा मनाउनकै लागि मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। यसैगरी विभिन्न समितिहरु बनाई कार्यक्रम व्यवस्थापनका लागि स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक लगायतलाई जिम्मेवारी दिइएको छ ।
यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा- निरोगी नेपाल’ निर्माणमा हाम्रो टेवा’ भन्ने रहेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु