प्राडा मथुराप्रसाद श्रेष्ठको निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्राडा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। डा श्रेष्ठको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा श्रेष्ठमा दीर्घ दम रोग तथा उच्च रक्तचापको समस्या रहेको र पोष्ट कोभिड सिन्ड्रोमले अझै सताएको जनाएको छ । छातीमा समस्या भएर अस्पताल भर्ना भएका डा श्रेष्ठको निमोनिया र पोस्ट कोभिड सिन्ड्रोमका कारण आज बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
प्राडा मथुराप्रसाद श्रेष्ठले नेपालमा पूर्व स्वास्थ्यमन्त्री समेत भएर काम गरिसकेका छन्। नेपालमा कम्युनिटी मेडिसिनको विकास गर्नका लागि उनको उल्लेखनीय योगदान रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु