बाँकेबाट सुरु भएको दादुरा ९ जिल्लामा फैलियो, ६०१ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको नेपालगंजबाट सुरु भएको दादुरा हाल ९ जिल्लामा फैलिएको छ । ९ जिल्ला गरी आजसम्म ६०१ जना बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दादुरा पुष्टि हुने जिल्लाहरुमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कन्चनपुर, महोत्तरी,मोरङ, सुनसरी रहेका छन्।
संक्रमितमध्ये बाँकेमा मात्रै ३२२ जना रहेका छन्। त्यसपछि सबैभन्दा धेरै महोत्तरीमा १०१ जनामा दादुरा पुष्टि भएको छ । दादुरा पुष्टि हुनेहरुमध्ये ८७ प्रतिशत बालबालिका १५ वर्ष मूनिका रहेको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जनाएका छन्। उनले यसरी संक्रमित हुनेमध्ये अधिंकाश बालबालिका दादुर रुबेला विरुद्धको पूर्ण खोप नलिने रहेको समेत जिकीर गरे।
दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावित जिल्लाहरुमा खोप अभियान चलाएको पनि उनले जानकारी दिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु