Health TV Online
Health TV Online
Health TV Online

१५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

१५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  १५ जिल्लामा सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गर्दै यही फागुण ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको जानकारी दिएको हो । महाशाखाका निर्देशक डा चुमनलाल दासले हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित रहेकाले सबैलाई यसको सेवन गरेर हात्तीपाइले रोग हुनबाट जोगिन आग्रह गरे ।

यस वर्षको अभियानमा झापा, मोरङ, धनुषा, सर्लाही, महोत्तरी, रौतहट बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली रसुवा, पर्वत, बारा, लमजुङ गरी १५ जिल्लामा औषधि खुवाउन लागिएको हो । यी जिल्लाहरुमा हात्तीपाइले रोगको दर अपेक्षाकृत रुपमा नघटेपछि पटक पटक औषधि खुवाउनु परेको महाशाखाले जनाएको छ।

नेपालको ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान अहिले ४८ जिल्लामा बन्द गरिएको छ । १५ जिल्लामा अझै पनि रोगको दर बढी देखिएकाले यो औषधि खुवाउन लागिएको हो । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अपांग बनाउने एक सरुवा रोग हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना