सांसद भण्डारीलाई थप उपचारका लागि बाहिर लैजान अस्पतालको सिफारिस

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि बाहिर लैजान किर्तिपुर अस्पतालले सिफारिस गरेको छ ।
बुधबार ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका हुन्। भण्डारीको २५ देखि ३० प्रतिशत शरीरको भाग र उनकी आमाको ७० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ । उनीहरु दुबैलाई सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्न अस्पतालले सिफारिस गरेको हो ।
अहिले उनीहरुको किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु