Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालमा बिरामी र डाक्टरले सँगै मनाए बाल क्यान्सर दिवस

नेपाल क्यान्सर अस्पतालमा बिरामी र डाक्टरले सँगै मनाए बाल क्यान्सर दिवस

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले अस्पताल परिसरमा बिरामी र डाक्टरलाई सँगै राखेर दिवस मनाएको छ ।

बुधबार अन्तराष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा प्रकाशनिधी तिवारी र डा अन्जली पण्डीतले क्यान्सरका बिरामीलाई साथ र हौसला दिंदै सँगै केट काटेर दिवस मनाएका हुन्। उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीको मुहारमा खुशी ल्याउनका लागि र बाल क्यान्सरबारे सचेतनाका लागि भन्दै अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेको बताए । सो कार्यक्रममा डा पण्डीतले बाल क्यान्सर समयमै उपचार गरेमा पूर्ण रुपमा निको हुने हुँदा यसबारे सचेत बनेर समयमै उपचारमा आउन सके डराउन नपर्ने बताइन्।

दिवसको अवसर पारेर अस्पतालको डाइट तथा न्युट्रिसन यूनिटले बालबालिकामा हुने क्यान्सरसँग लड्न कस्तो खाना चाहिन्छ भन्ने जानकारी दिंदै डाइट एक्जिबिसन समेतको आयोजना गरेको थियो । जसमा कुन उमेरका बालबालिकालाई कस्तो खानेकुरा दिने भन्ने जानकारी राखिएको थियो । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तराष्ट्रिय बाल क्यान्सर दिवस मनाउने गरिन्छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना