चीनमा कोरोना संक्रमण बढेसँगै भारतमा थप सतर्कता

हेल्थ टिभी अनलाइन : चीनमा कोरोना संक्रमण बढेपछि भारतले सतर्कता बढाएको छ। त्यहाँ सरकारले देशमा भेटिएका सबै संक्रमितको जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ।
केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला संक्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरूअघि बढाउन पनि निर्देशन दिएको छ। चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।
सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष भने संक्रमण दर निकै न्यून छ।
सरकारी तथ्याङ्कअनुसार सातामा १,२००को संख्यामा कोभिड संक्रमणहरु देखिएका छन्।
भारतमा दुई अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेका छन्।
मङ्गलवार मात्रै केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड संक्रमण भएका बिरामीहरूबाट नमुना सङ्कलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्छ। बीबीसी
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न