Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं:  क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन यही डिसेम्बर २ देखि ४ सम्म (मंसीर १६ देखि १८ सम्म) काठमाडौंमा हुन लागेको हो । क्रिटिकल केयर मेडिसिनमा काम गर्ने चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीमा अन्तर्राष्ट्रिय स्तरमा प्रविधि, अनुभव , ज्ञान र सीप साटासाट गर्न सम्मेलनको आयोजना गरिएको सोसाइटीका महासचिव डा हेमराज पनेरुले जानकारी दिए ।

उनले भने, ‘अन्य देशमा क्रिटिकल केयर मेडिसिनमा के कस्ता प्रविधिहरु प्रयोग भइरहेको छ, हामी कहाँ छौँ र के के गर्न सकिन्छ भन्ने बुझ्न सम्मेलनले सजिलो बनाउँछ नै । साथै एक अर्काका देशमा भएका ज्ञान सिप साटासाट गर्न र सुधार गर्दै लान सम्मेलनले धेरै नै सघाउनेछ ।’ उनले क्रिटिकल केयरमा विश्वले भोगिरहेको चुनौतीका विषयमा छलफल एवम निकासका लागि पहल प्रयास समेत हुने जानकारी दिए ।

सम्मेलनमा अमेरिका, क्यानडा, न्यूजिल्याण्ड, थाइल्याण्ड, श्रीलंका, अष्ट्रेलिया, कोरिया, बेलायत, हङकङ, मालदिभ्स, भारत, बंगलादेश लगायतका ५० जना भन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक एवम नर्सहरूको सहभागिता रहनेछ । उनीहरूले विभिन्न विधामा प्रस्तुति दिने छन्।

सम्मेलनकाे पहिलो तीन दिनमा क्रिटिकल केयर मेडिसिन सम्बन्धी विभिन्न विधामा १५० भन्दा बढी पेपर प्रस्तुत हुनेछन्। यसैगरी ५, ६ र ७ तारिखमा छुट्टै पोस्ट कन्फ्रेन्स कार्यशाला गोष्ठी समेत आयोजना गरिने जनाइएको छ । जहाँ सम्मेलनमा उठेका विषय बृहद रुपमा छलफल हुनेछ ।

नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले प्रत्येक दुई वर्षमा सम्मेलन गर्दै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन