Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जथाभावी एन्टीबायोटिकको प्रयोग : मानवसँगै जनावर र वातावरणलाई असर गर्दै

जथाभावी एन्टीबायोटिकको प्रयोग : मानवसँगै जनावर र वातावरणलाई असर गर्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : जथाभावी प्रयोग भइरहेको एन्टीबायोटिकले मानवलाई त सिधै असर परेको छ नै त्योसँगै जनावर र वातावरणमा पनि असर पारिरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने क्रममा आयोजना गरिएको वेभिनारमा विज्ञहरुले आफूखुशी प्रयोग हुँदै आएको एन्टीबायोटिकको प्रयोग नरोकिए यसले ठूलो महामारी निम्त्याउने जनाएका हुन्।

कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका ग्लोबल कोअर्डिनेसन एण्ड पार्टनरसिप अन एन्टीमाइक्रोबियल रेसिस्टेन्सका निर्देशक डा हेलिसस गेटाहनले एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण मानवलाई मात्र असर गरिररहेको नभएर यसको असर जनावर तथा वातावरणमा समेत परिरहेको बताए । उनले यसका कारण प्रत्येक वर्ष १ दशमलब २७ मिलियन व्यक्तिको मृत्य भइरहेको भन्दै यसमा तत्काल स्टेप नचाले ठूलो क्षति हुनसक्ने जिकीर गरे । उनले एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण बिरामीको अस्पताल बसाई, जटिलता र मृत्यु समेत बढिरहेको बताए । उनले यो समस्याले अझ बढी कम र न्यून आय भएका देशहरुलाई बढी समस्यामा पार्ने समेत जिकीर गरे । डा गेहटानले यो मानिस, जनावर र वातावरण अर्थात बोटबिरुवासँग पनि सम्बन्धित भएकाले वान हेल्थ अप्रोच अपनाएर मात्र अघि बढ्नपर्ने बताए । उनले यसमा लगानी र चासो पनि बढाउनपर्नेमा जोड दिए ।

कार्यक्रममा एफएओकी सिनिअर एनिमल हेल्थ अफिसर एण्ड एएमआर कोर्डिनेटर जुनसिया सङले ७६ प्रतिशतश एन्टीबायोटिक्सको प्रयोग जनावरमा प्रयोग भइरहेको तथ्यले पनि यो जनावर र मानिससँग सिधै सम्बन्धित भएको देखाउने जनाइन्। उनले मानिसहरु अफनो खाना तथा जीवनयापनका लागि जनावर तथा बोटबिरुवामा निर्भर भएकाले त्यहाँ प्रयोग हुने एन्टीबायोटिक्सले असर मानिसमा पनि पर्दै गइरहेको जनाइन्। उनले एन्टीमाइक्रोबियल रेसिस्टेन्सले दिगो विकास लक्ष्य पूरा गर्न पनि बाधा बन्ने देखिएको जिकीर गरिन्।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका एन्टी माइक्रोबियल स्टेवार्डसिप एण्ड अवेरनेस यूनिटका निर्देशक थोमस जोसेफले सन् २०१९ मा १ दशमलब ५ मिलियन बिरामी एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण निम्त्याइएको जटिलताबाट मृत्यु भएको भन्दै यो अब जनस्वास्थ्य समस्या मात्र नरहेर सामाजिक र आर्थिक मुद्धा समेत बन्न पुगेको बताए । जोसेफले भने, ‘एन्टीबोयोटिक्सको प्रयोग गर्न नपर्ने बिरामीलाई एन्टीबायोटिक्स प्रयोग गर्दा उसलाई पछि बिरामी पर्दा उसको अस्पताल बसाई बढ्ने मात्र नभई सो औषधिले काम नगरी जटिलता बढ्ने मात्र हैन मृत्यु समेत हुने गरेको छ ।’

उनले प्रत्येक वर्ष लाखौं झाडापखालाका बिरामीलाई एन्टीबायोटिक्स दिएर उपचार गर्ने गरेको बताउँदै सफा पानीको पहुँच तथा सरसफाईमा ध्यान दिने हो भने ६० प्रतिशत झाडापखालालाई यत्तिकै कम गर्न सकिने समेत जिकीर गरे । उनले एन्टीबायोटिक्सको प्रयोगले जटिलता निम्त्याइरहेको भन्दै स्वास्थ्यकर्मीको सल्लाह बिना यसको प्रयोग नगर्न पनि सल्लाह दिए ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने गरिन्छ । यस पटकको नारा ‘प्रिभेन्टिङ एन्टीमाइक्रोबियल रेसिस्टेन्स टुगेदर’ भन्ने रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन