यस्ता छन् टाइफाइडबाट बच्न अपनाउनुपर्ने सावधानी

हेल्थ टिभी अनलाइन : ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । त्यसैले यस रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो ।
-सरसफाई सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु
-सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने
-बेला बेलामा साबुनपानीले मिचिमिचि हात हुने
-राम्ररी पकाएको र सधैं छोपेर राखेको खाना मात्र खाने
-बासी, सडेगलेको र झिंगा झन्केको खाना कहिल्यै नखाने
-पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट प्रयोग गरी सफा र सुरक्षित पानी पिउने
यसबाहेक सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड खोप दिन लागेको छ । खोपले रोगबाट बचाउने हुँदा यस अभियानमा सबैले आफनो बच्चालाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्