चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, विभिन्न शहरमा कडा लकडाउन

हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनमा एकपटक फेरि कोरोना संक्रमण बढ्न थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ५ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । चीनको सांघाईमा नयाँ संक्रमित धमाधम फेला पर्न थालेपछि सरकारले घर घरमा गएर परीक्षण गर्ने देखि कडा लकडाउन जारी गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।
लकडाउनका कारण झण्डै ५ करोड मानिसहरु अहिले घरभित्रै रहेको जनाइएको छ । विज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको आशंका गरेका छन् । विश्वमै पहिलोपटक चीनबाट नै कोरोना भाइरसको संक्रमण सुरु भएको थियो ।
अन्य देशहरुमा संक्रमणले त्रास फैलाइरहँदा भने चीनमा संक्रमण नियन्त्रणमा आएको थियो । हाल धेरै देशहरुले संक्रमण क्रमस घट्दै गएर कोभिड नियन्त्रणको मापदण्डलाई खुकुलो पार्दै गइरहेका बेला चीनमा फेरि संक्रमण बढ्न थाल्दा सबैको चिन्ता र चासो बढेको छ ।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न