Health TV Online
Health TV Online
Health TV Online

यसरी गर्न सकिन्छ मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार

यसरी गर्न सकिन्छ मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार

हेल्थ टिभी अनलाइन : चिसो मौसम सुरु भएसँगै भाइरस वा विषाणुले हुने ज्वरो फैलिने गर्दछ । यो बेला ज्वरो, रुघाखोकी साना ठूला सबैलाई आउन सक्छ। यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै यसले हानि हुन सक्छ। सकेसम्म परापूर्व कालदेखि गर्दै आइएको र अत्यन्त फलदायी आयुर्वेद जडीबुटीबाट नै यसलाई निको पार्न सकिन्छ ।

घरैमा पूर्ण आराम गर्ने, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ, तुलसी राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आउञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।

रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले पनि धेरै नै लाभ हुन्छ। ज्वरो आयो भन्दैमा एकचोटी आफूखुशी औषधि नखाएको राम्रो । गाह्रो भयो भने चिकित्सकको सल्लाह बमोजिम औषधिको सेवन गर्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’