यसरी हटाउन सकिन्छ कपालको चाया

हेल्थ टिभी अनलाइन \काठमाडौं : कपालमा चायाँ परेर तपाइँ हामी धेरैलाई दुख दिएको हुन्छ । कहिलेकाहीं सामान्य त हो भनेर हेलचेक्र्याइँ गर्दा भने यो समस्याले जटिल रूप पनि लिन सक्छ। चायाले कपाल झार्ने समस्या पनि निम्त्याउन सक्छ। चायाको समस्यालाई हेलचेक्र्याइँ गर्दा तालु रातो हुने, अत्यधिक चिलाउने, तालुबाट रगत बग्ने लगायतका समस्या हुने गर्छ। यस्तो अवस्थामा तत्काल चिकित्सककहाँ जानुपर्छ।
किन पर्छ कपालमा चायाँ ?
सरसफाइमा ध्यान नदिँदा कपालमा चायाँ पर्ने समस्या हुन सक्छ । कसै कसैले धेरै दिनपछि कपाल नुहाउने बानीका कारण पनि चायाँ पर्नसक्छ । कहिलेकाहीं हर्मोनल परिवर्तनका कारण पनि चायाँ पर्न सक्छ ।
कतिपयमा वंशाणुगत कारणले पनि चाया पर्ने गर्छ। चायाको कारक टाउकोको छालामा बढी समस्या हुनु, अस्वस्थकर खाना, कपालमा रसायन बढी प्रयोग पनि हो । सुक्खा वातावरणमा बस्ने मानिसमा पनि चायाको समस्या हुन्छ। लामो समयदेखि तनाव, थकान, चिन्ता, टाउकोको एलर्जी लगायतका कारण पनि कपालमा चाया पर्छ। यो समस्या जाडोमा अझ बढी देखिन्छ ।
बच्ने उपाय
-पहिलो कुरा त कपालको सरसफाईमा ध्यान दिन जरुरी हुन्छ ।
-हरेक एक दिन छोडेर कपाल नुहाउने र नरिवल वा तोरीको तेलले मालिस गर्न सकिन्छ । किन की बढी सुख्खा भएमा पनि चाया आउन सक्छ ।
-कपालको स्वस्थता हाम्रो खानपिनसँग पनि जोडिन्छ । त्यसैले स्वस्थकर खाना खाने तथा पानी प्रसस्त पिउने बानी गर्नुपर्छ ।
-कपाल कोर्दा ठूलो दाँत भएको काइँयो मात्र प्रयोग गर्नु पर्छ । अरुको काइँयो प्रयोग गर्नु हुँदैन ।
-सेम्पोको प्रयोग गर्दा यसलाई राम्ररी सफा पानीले पखाल्न पर्छ ।
-चायाबाट बच्न नियमित रूपमा कपाल नुहाउनुका साथै बढी रसायनको प्रयोग गर्नु हुँदैन्। गर्ने परेमा गुणस्तरीय सामानको मात्र प्रयोग गर्नु पर्छ ।
-कपालको सौन्दर्य बढाउन जहाँ पायो त्यही गएर कपाल रंगाउने वा ब्लीच गर्ने गर्नु हुँदैन ।
-धेरै नै समस्या भएमा छाला रोग विशेषज्ञसँग सल्लाह गरी औषधि उपचार समेत गर्न सकिन्छ ।
ब्युटिसियन सुनिता श्रेष्ठसँग कुराकानीमा आधारित :
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति