ओखर : स्वास्थ्यका लागि ज्यादै उपयोगी

हेल्थ टिभी अनलाइन : केही समय अघि मात्र गरिएको एक अध्ययनका अनुसार नियमित ओखर खानाले डिप्रेसनको खतरा कम भएर जान्छ र एकोहोरो हुने समस्या पनि कम हुन्छ।
क्यालिफोर्निया युनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरूमा डिप्रेसनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन्।
यो अध्ययनका बारेमा न्यूट्रेन्ट जर्नलमा प्रकाशित भएको छ । अध्ययन अनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ र एक्लोपनबाट मुक्त गराउँछ ।
‘अध्ययनमा सहभागी गराइएका ६ जनामध्ये एकजनालाई जीवनको कुनै एक समयमा डिप्रेसनको शिकार हुन्छ’ युनिभर्सिटीका प्रमुख सोधकर्ता लेनोर अरबले भने, ‘यसबाट बच्नका लागि उत्तम उपायको अवलम्बन गर्नु जरुरी हुन्छ, जस्तो खानपानमा सुधार त्यो मध्येको एक हो नियमित ओखरको सेवन।’
उनका अनुसार यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी युवाहरुलाई सहभागी गराइएको थियो।ओखर सेवनले क्यान्सरसहित अन्य मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्छ । यसको सेवनले कोलेस्ट्रल कम हुन्छ।
पुरुषहरुको शुक्राणु संख्या संसारभरको एक ठूलो समस्याका रुपमा लिइन्छ। वैज्ञानिकहरुका अनुसार शुक्राणु बढाउने उत्तम उपाय ओखरको सेवन पनि हो। अध्ययन अनुसार हरेक दिन ७५ ग्राम ओखरको सेवनले पुरुषमा शुक्राणु बढ्ने र गतिशीलतामा सुधार आउने बताइन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा