भारतमा संक्रमण घट्दै : आज ५८ दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ५८ दिन यताकै सबैभन्दा कम कोरोना संक्रमित फेला परेका छन्।
गत २४ घण्टामा त्यहाँ १ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको हो । यो करिब २ महिना यताको सबैभन्दा कम संक्रमित हो । नयाँ संक्रमण कम भए पनि भारतमा मृत्युदरमा भने खासै कमी आएको छैन्।
गत २४ घण्टामा पनि त्यहाँ ३ हजार ३८० जनाको मृत्यु भएको बताइएको छ । कोरोनाको दोस्रो लहरमा भारत धेरै नै प्रभावित भएको छ ।
भारतमा हालसम्म २ करोड ८६ लाख ९४ हजार ८७९ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३ लाख ४४ हजार ८२ जनाको मृत्यु भइसकेकोे छ ।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न