के हो कालो ढुसी ? (म्यूकरमाइकोसिस) जानीराखौं

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड-१९ संक्रमणमा परेका बिरामीमा आँखा, नाक, र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा पनि केही संक्रमितहरुमा पुष्टि भइसकेको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा नै ध्यान पुराउन आवश्यक छ । यो कोरोना भाइरसको संक्रमण जसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।
कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरु:
-अनुहार, मुख नाक, आँखा वरिपरी दुख्ने
-ज्वरो आउने
-आँखा नाक सुन्निने
-रातो हुने वा दुख्ने
-नाकको वरिपरीको छालाको रंग कालो हुँदै जाने , रगत बग्ने, बाक्लो सिंगान आउने
-दाँत दुख्ने, आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने
-आँखाले धमिलो देख्ने
कस्ता व्यक्ति उच्च जोखिम हुन्छन् :
-कोभिड- १९ को उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
-चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
-मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाकहरु
आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपाय :
-सफा र सुख्खा मास्कको प्रयोग गर्ने
-डिस्पोजेबल मास्ककोे पुन प्रयोग नगर्ने
-नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने
-व्यक्तिगत सरसफाइमा ध्यान दिने
-घरबाहिर वा फोहोरमा काम गर्नुपर्ने भएमा डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने
-मधुमेहका बिरामीले सुगर नियन्त्रणमा राख्ने
-स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको प्रयोग गर्ने
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति