भियतनाममा भेटियो हावाबाट फैलने कोरोना भाइरसको नयाँ भेरियन्ट

हेल्थ टिभी अनलाइन : भियतनामले कोरोनाभाइरसको नयाँ भेरियन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरियन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक भएको बताएका छन्। भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप संक्रामक बनाउँछन्।
सन् २०२० को जनवरीमा पहिलो पटक कोभिड १९ पहिचान भए यता हजारौँ उत्परिवर्तनहरू भएका छन्। स्वास्थ्यमन्त्री गुयनले नयाँ ठिमाहा भेरियन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।
बीबीसीबाट
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न