भारतको महाराष्ट्रमा फेरी बढ्यो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन : भारतको महाराष्ट्रमा फेरी कोरोना संक्रमण बढिरहेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या पुन बढ्न थालेपछि नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्ड बमोजिम रेष्टुरेन्ट, विवाह, अन्तिम संस्कार जस्ता कार्यमा मानिसहरुको भिड गर्न पाइने छैन्।
यसका साथै स्वास्थ्यका मापदण्ड जस्तै मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गरिरहने जस्ता कार्य गर्न नछोड्न समेत आग्रह गरिएको छ । विवाहमा ५० जना भन्दा बढी जम्मा हुन नपाउने र अन्तिम संस्कारमा २० जना भन्दा बढी सहभागी हुन नपाउने निर्देशिका जारी गरिएको छ । सपिङ मल र रेष्टुरेन्टहरुमा पनि भिडभाड गर्न नपाइने जनाइएको छ । महाराष्ट्रमा यसअघि संक्रमण दर कम भएपछि सबै खुला गरिएको थियो ।
फेरी संक्रमण फैलिन थालेपछि सरकारले सावधानी लिएको हो । महाराष्ट्रमा सोमबार मात्रै १५ हजार ५१ जना नयाँ संक्रमित फेला परेका थिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights