भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन्। त्यहाँ आजबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा उनले बिहान एम्स हस्पिटलमा पुगेर खोप लगाएका हुन्।
उनले आफूले खोप लगाएपछि सबैलाई डर नमानेर खोप लगाउन आग्रह समेत गरे । एम्स हस्पिटलका निर्देशक डा रणदीप गुलेरियाले भीभीआईपीले शुरुमै खोप लगाउँदा नागरिकलाई विश्वास दिलाउन सजिलो हुने भन्दै प्रधानमन्त्री मोदीको यो कदमले खोप अभियान सफल पार्न सजिलो हुन् प्रतिक्रिया दिएका थिए ।
कोरोना विरुद्धको खोपलाई लिएर भारतमा विभिन्न टिका टिप्पणी भइरहेको पाइन्छ । भारतले आजबाट दोस्रो चरणको खोप अभियान शुरु गर्दै ६० वर्ष भन्दा माथिका सबै नागरिक र ४५ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको खोप दिने जनाएको छ ।
फोटो : प्रधानमन्त्री मोदीको ट्वीटरबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights