स्तन क्यान्सरको उपचार : अब स्तन फालेर होइन, जोगाएर !

कल्पना आचार्य \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका स्तन क्यान्सर सर्जन डा कपेन्द्र शेखर अमात्यले वर्षेनी २ सय भन्दा बढी महिलाको स्तन क्यान्सरको शल्यक्रिया गर्ने गर्छन। यी मध्ये ६० देखि ७० प्रतिशत महिलाको क्यान्सरको शल्यक्रिया गर्ने क्रममा स्तन बचाएर शल्यक्रिया गरिने जनाएका छन्। नेपालमा महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा आउँछ । यो महिलामा धेरै हुने क्यान्सर मध्ये हो । यद्यपी पुरुषहरुमा पनि स्तन क्यान्सर हुनसक्छ तर त्यो संख्या अत्यन्त न्यून रहेको छ ।
स्तन क्यान्सर भइसकेपछि महिलामा दुईवटा चिन्ता सँगसँगै देखिने गर्छ । पहिलो क्यान्सर लाग्यो कसरी निको पार्ने भन्ने र दोस्रो आफनो सौन्दर्य र आत्मविश्वाससँग जोडिएको शरीर को महत्वपूर्ण अंग स्तन फाल्नुपर्छ भन्ने । यो दुइटा कुरा सँगै लिएर आउने बिरामी धेरै भएको बताउँछन डा अमात्य । उनी भन्छन, ‘बिरामीमा पहिलो त क्यान्सर लाग्यो भन्ने पीर हुन्छ त्योसँगै स्तन गुमाउनुुपर्छ भन्ने मानसिक पीडा झन ठूलो देखिन्छ । त्यसैले पनि सकेसम्म हामी स्तन बचाएर उपचार गर्ने कोशिस गछौं ।’
स्तन क्यान्सर भइसकेपछि महिलामा दुईवटा चिन्ता सँगसँगै देखिने गर्छ । पहिलो क्यान्सर लाग्यो कसरी निको पार्ने भन्ने र दोस्रो आफनो सौन्दर्य र आत्मविश्वाससँग जोडिएको शरीरको महत्वपूर्ण अंग स्तन फाल्नुपर्छ भन्ने । यो दुइटा कुरा सँगै लिएर आउने बिरामी धेरै भएको बताउँछन डा अमात्य । उनी भन्छन, ‘बिरामीमा पहिलो त क्यान्सर लाग्यो भन्ने पीर हुन्छ त्योसँगै स्तन गुमाउनुुपर्छ भन्ने मानसिक पीडा झन ठूलो देखिन्छ । त्यसैले पनि सकेसम्म हामी स्तन बचाएर उपचार गर्ने कोशिस गछौं ।’
स्तन क्यान्सरमा शुरुकै अवस्थामा बिरामी आएमा उपचार सजिलो हुने र स्तन बचाएर पूर्ण रुपमा निको पार्न सकिने भए पनि अझै पनि एडभान्स स्टेजमा आउने बिरामीको संख्या धेरै छ । जसले गर्दा उपचारमा समस्या मात्र हैन धेरै फैलिसकेपछि स्तन बचाएर शल्यक्रिया गर्न पनि गाह्रो हुने गर्छ । अर्को कुरा स्तन बचाउन सकिएन भने पनि स्तनको पुन निर्माण पनि गर्न सकिन्छ । डा अमात्य भन्छन, ‘स्तन बचाउन नसकेको अवस्थामा हामीले तुरुन्त सोही शल्यक्रियाकै बेला स्तन पुन निर्माणको काम पनि सँगसँगै गर्ने प्रविधि भित्राएर सोही अनुसार शल्यक्रिया गरिरहका छौ।’ यसका लागि बिरामीकै शरीरको तिघ्रा, पेट जस्ता स्थानबाट मासु निकालेर स्तनमा प्रत्यारोपण गर्ने काम गछौं । यस्तो गर्दा बिरामीलाई एकैपटक दुईवटा काम सम्पन्न गर्न सकियोस र दुईपटक शल्यक्रिया गर्न नपरोस भन्ने नै हो ।
यस्तो शल्यक्रिया नेपालमा सिमित अस्पतालमा मात्र हुने गरेको अमात्यको भनाई छ । केही वर्ष अघिसम्म यही प्रविधि नहुँदा धेरै महिलाले स्तन क्यान्सर हुने बित्तिकै स्तन गुमाउनु पर्ने बाध्यता थियो भने अहिले भने यो उपचार नेपालमै सम्भव भएकोछ । जसले गर्दा बिरामीले ठूलो राहत महशुस गरेका छन्।
‘बिरामीमा पहिलो त क्यान्सर लाग्यो भन्ने पीर हुन्छ त्योसँगै स्तन गुमाउनुुपर्छ भन्ने मानसिक पीडा झन ठूलो देखिन्छ । त्यसैले पनि सकेसम्म हामी स्तन बचाएर उपचार गर्ने कोशिस गछौं ।’
स्तनका कोषहरुमा असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना बढेर जान्छ । स्तनमा धेरै तन्तुहरु हुन्छन् दूध बनाउने ग्रन्थी, दूधलाई मुण्टासम्म लग्ने नली, बोसो, रेसा, मांसपेशी र छाला हुन्छन्। दूध बनाउने ग्रन्थीबाट मुण्टासम्मको नलीमा हुने क्यान्सरलाई स्तन क्यान्सर भनिन्छ। यो क्यान्सर ९५ प्रतिशत भने नलीमा हुन्छ। बोसो, रेसा र मांसपेशीमा तुलनात्मक रूपमा केही कम हुन्छ।
कसरी पत्ता लगाउने स्तन क्यान्सर ? लक्षणहरु के के हुन् ?
स्तनमा नदुख्ने गाँठो देखिनु
स्तनको मुन्टा भित्रतर्फ जान थाल्नु
स्तनको मुन्टाबाट रगत वा पीप बग्नु
स्तनको छालामा निको नहुने घाउ आइरहनु
काखीमा गाँठागुँठी आउनु
स्तनको छाला बाक्लो हुनु
स्तनमा बढ्दो नसाहरु देखिनु
सुन्तलाको बोक्रा जस्तो छाला हुनु
स्तनको आकार र स्वरुपमा परिवर्तन हुनु
माथिका यी लक्षणहरु देखिएमा कतै मलाई स्तन क्यान्सर त भएन भनेर शंका गरी निदानका लागि अस्पताल जान जरुरी हुन्छ । शंका लाग्दैमा डाक्टरकोमा जाँदा रोग भए पनि र नभए पनि ढुक्क हुन सकिन्छ । यदि क्यान्सर नै भए पनि शुरुकै अवस्थामा पत्ता लाग्छ । अर्को कुरा कहिलेकाहीं लक्षण नै नदेखिएर पनि क्यान्सर फैलिन सक्छ। त्यसैले ४० वर्ष पुगेपछि हरेक महिलाले नियमित स्तन जाँच गर्ने र डाक्टरको परामर्श लिन जरुरी छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights