टर्कीमा कोभिड-१९ का बिरामी राखेको अस्पतालमा भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : दक्षिणी टर्कीस्थित कोरोना भाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
उक्त विस्फोटनले गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ। टर्कीमा हालसम्म २० लाखभन्दा धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण फेला परिसकेको छ।
कोभिड १९ का कारण त्यहाँ १७,६१० जनाको ज्यान गइसकेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ। शनिवार सबेरै भएको उक्त घटनापश्चात् लागेको आगलागीमा अरू थप घाइते भएका छैनन्। आगो चाँडै नै निभाइएको थियो।
मारिनेहरूमा ५६ देखि ८५ वर्ष उमेरका बिरामीहरू रहेको र विस्फोटनको कारणबारे अनुसन्धान थालिएको अस्पतालले जनाएको छ।
बीबीसीबाट :
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights