विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, १६ लाख बढीको मृत्यु

हेल्थ टिभी अनलाइन : कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ करोड नाघेको हो । हाल विश्वमा संक्रमितको संख्या ७ करोड १४ लाख ३३ हजार ७८५ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख १ हजार ८८ पुगेको छ । कुल संक्रमितमध्ये ४ करोड ९६ लाख ३४ हजार १०६ जना निको भएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ६२ लाख ९५ हजार ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख २ हजार ७५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
अमेरिकापछि भारत प्रभावित भएको छ । भारत संक्रमणको हिसाबले दोस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ९८ लाख २७ हजार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ हालसम्म १ लाख ४२ हजार ६६२ जनाको मृत्यु भएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म २ लाख ४६ हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ सय ७४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights