तातो दूधमा सख्खर हालेर पिउनुस्, पाउनुस् यस्ता फाइदा

हेल्थ टिभी अनलाइन : दूध हाम्रो शरीरको लागि अत्यावश्यक मानिन्छ । बच्चादेखि बुढासम्मले दूध खान सक्छन् । अझ यसमा पनि जाडो याममा तातो दूधसँग सख्खर खानु धेरै नै फाइदाजनक मानिन्छ । यसले सानादेखि गम्भीर रोगहरूमा समेत फाइदा गर्छ।
रगत बढाउँछ
दूध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ। यसलाई पिउँदा शरीरमा रगतको कमी र थकान रहँदैन।
तौल बढ्नबाट रोक्ने
तातो दूधमा सख्खर हालेर खाँदा शरीरको तौल नियन्त्रण हुन्छ। त्यसैले चिनीको ठाउँमा सख्खर मिलाएर पिउँदा तौल कम हुन्छ।
छाला बनाउँछ मुलायम
तातो दूध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालासम्बन्धी समस्या पनि दूर हुन्छ। कपाल पनि बलियो र चमकदार हुन्छ ।
रुघाखोकीबाट आराम
जाडोमा रुघाखोकी मा सख्खर–दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।
थकान अन्त्य
अत्यधिक थकाइ महशुस भएको छ भने तातो दूध र सख्खरको सेवन गर्नुस्, तुरुन्तै आराम मिल्नेछ।
हटाउँछ जोर्नीको दुखाइ
सख्खर खाँदा जोर्नीको दुखाइमा राहत मिल्छ। यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दूध पिउनुपर्छ।
महिनावारीमा राहत
महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दूधसँग सख्खरको सेवन गर्नुपर्छ। महिनावारी शुरु हुनुभन्दा एक हप्ता अघिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गर्दा फाइदा हुन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति