विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ११ हजार ९१५ पुगेको छ ।
यसैगरी विश्वमा कुल कोरोना संक्रमितको संख्या ६ करोड ५५ लाख ३६ हजार ४० रहेको छ । संक्रमित मध्ये साढे ४ करोड भन्दा बढी निको भएर घर फर्किसेका छन्। गत वर्षको डिसेम्बर महिनामा पहिलोपटक चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस संक्रमण हाल २१८ देशमा फैलिएको छ । यसको सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ ।
अमेरिकामा मात्रै हालसम्म १ करोड ४५ लाख ३५ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ लाख ८२ हजार ८२९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
अमेरिकापछि भारत कोरोनाको संक्रमणबाट बढी प्रभावित भएको पाइन्छ । भारतमा हालसम्म ९५ लाख ७१ हजार ७८० जनामा कोरोना देखिएको छ । यसैगरी १ लाख ३९ हजार २२७ जनाको मृत्यु भएको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा