गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै ५ जिल्लामा गरी थप ५७ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ३२९ पुगेको छ । निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेहरुमा कास्कीका ६ जना, नवलपरासी पूर्वका ४७ जना, पर्वतका २ जना र स्याङ्जा र बाग्लुङका १ १ जना रहेका छन्।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्। आज पुष्टि भएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु