एकैदिन ३० जना कोरोना संक्रमितको मृत्यु, थप ३३०९ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
एकैदिन मृत्यु भएको यो अहिले सम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । उता कोरोना संक्रमणबाट आज ३ हजार ८४४ जना मुक्त भएका छन्।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी १३ सय ५ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु