भरतपुर अस्पतालमा ३९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : भरतपुर अस्पतालमा थप एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालमा अनुसार चितवन जिल्ला राप्ती नगरपालिका १० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । कार्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनमा १७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको भए पनि आज बिहान ६: ५० बजे कोरोना भाइरसका कारण भएको कडा निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु