बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ वर्षीया बालिका र ६१ वर्षीया संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र इटहरीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसरी कोरोनाबाट मृत्यु हुनेहरुमा इटहरी ६ की ९ वर्षीया बालीका र धरान १ की ६१ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार धरान १ की ६१ वर्षीय महिलामा असोज ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड आइसीयूमा भर्ना गरेर उपचार भइरहेकोमा आज बिहान ३ : १५ बजे मृत्यु भएको हो ।
यसैगरी कार्तिक १७ गते कोरोना सङ्क्रमण पुष्टि भएर १८ गते कोभिड आइसोलेसनमा भर्ना गरिएको इटहरीकी ९ वर्षीया बालिकाको पनि आज बिहान ३ : २५ बजे मृत्यु भएको श्रेष्ठले जनाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु