काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा मात्र १४ सय ६८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १२ सय ४२ जना, ललितपुरमा १६३ जना र भक्तपुरका ६३ जना रहेका हुन्।
योसँगै काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना संक्रमित पुगेको छ।
काठमाडौंमा हालसम्म २ सय ४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु