२४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु, २९३३ जना थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९८४ पुगेको छ । यसैगरी आज देशभर २९ सय ३३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
आज ३१ सय ५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु