‘यौन तथा प्रजनन स्वास्थ्य महिलाको मात्र विषय होइन्’

हेल्थ टिभी अनलाइन \काठमाडौं : यौन तथा प्रजनन स्वास्थ्यको विषय महिलाको मात्र विषय नभएको विज्ञहरुले बताएका छन्। आड्रा नेपालको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको पत्रकारहरुको क्षमता अभिवृद्धि तालिममा उनीहरुले यस्तो जनाएका हुन्।
विभिन्न मिडियामा कार्यरत र स्वास्थ्यमा कलम चलाउने पत्रकारहरु सहभागी भएको तालिममा मिडवाइफ्री सोसाइटीकी अध्यक्ष डा लक्ष्मी तामाङले यौन तथा प्रजनन स्वास्थ्य महिलाको मात्र विषय नभएको भन्दै यो पुरुष एवं समग्र समाजकै विषयवस्तु भएको बताइन्। उनले अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा महिला तथा किशोरकिशोरी खुल्न नसक्दा सेवा लिन पनि नसकिरहेको जनाइन्। उनले मिडियाले यी विषयवस्तुमा सचेतनामूलक सामग्री बनाउनुपर्नेमा जोड दिइन्।
मिडिया एक्सन नेपालले आयोजना गरेको उक्त तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष एवं सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मिडियामा पनि कम समाचारहरु आउने गरेको बताए । उनले यो दुई दिने तालिमले सहभागी पत्रकारलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा थप बुझ्न सहयोग गर्नेमा आफूले विश्वास लिएको जनाए । तालिमका क्रममा उनले यौन तथा प्रजनन स्वास्थ्यका विविध पक्षकाबारेमा रिपोर्टिङ गर्दा पत्रकारहरु संवेदनशील हुनपर्ने समेत जनाए ।
तालिममा ४० जना पत्रकार सहभागी हुँदैछन्। ४ समूहमा गरिएको तालिममा पहिलो र दोस्रो समूहको तालिम आज सम्पन्न भएको छ । दोस्रो समूहमा स्वास्थ्य खबरपत्रिकाकी कमला गुरुङ, इमेज टेलिभिजनकी प्रज्ञा तिमिल्सिना, हेल्थ आवाजका महेश तिमिल्सिना, बाह्रखरी डट कमकी संजिता खनाल, राजधानी दैनिकका प्रसान्त वली, सेतोपाटी डटकमकी मीरा खतिवडा लगायतका १० जना पत्रकार सहभागी भएका थिए ।
तेस्रो समूहको तालिम सोमबार शुरु हुनेछ । तालिम सकिएपछि ४० जनामध्ये १५ जना सहभागी पत्रकारले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा फेलोसिप समेत पाउनेछन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु