२४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय कडा लक्षणसहितका संक्रमित फेला पर्न थालेपछि मृत्युदर पनि बढेको हो । देशभर हालसम्म ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी कोरोनाको आशंकामा २ हजार ३८६ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु