१ लाख ६८ हजार २३५ संक्रमितमध्ये १ लाख २८ हजार ९५८ जनाले जिते कोरोना

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबार ४ बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । यी मध्ये १ लाख २८ हजार ९५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएकामध्ये निको हुने दर ७६ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म कोरोना संक्रमण भएर ९२० जनाले ज्यान गुमाएका छन् भने कोरोनाको आशंकामा २ हजार ६६६ जना क्वारेन्टाइनमा रहेका छन्।
यसैगरी हाल देशभर ३८ हजार ३५७ जना संक्रमित संक्रमित आइसोलेसनमा रहेका छन्। कोरानना संक्रमणबाट मृत्यु भएकामध्ये नेपालमा मृत्युदर जम्मा शून्य दशमलब ६ प्रतिशत रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु