काठमाडौं उपत्यकामा थपिए १८८८ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबार थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १८८८ जनामा कोरोना पुष्टि भएको हो । यी मध्ये ७८१ जना महिला र ११ सय ७ जना पुरुष रहेका छन्।
यसरी संक्रमित हुनेहरुमा काठमाडौंका १५ सय ८ जना, भक्तपुरका १३१ जना र ललितपुरका २४९ जना रहेका छन्।
हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । यसैगरी भक्तपुरमा ११ सय ६५ र ललितपुरमा २३ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु