आइसीयू चाहिने कोराना संक्रमितको संख्या बढ्दै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो समय देखिएका धेरै कोरोना संक्रमितमा कडा खालको लक्षण देखिएकाले आइसीयू चाहिने कोरोना संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४ बजेसम्म देशभर ३०४ जना कोराना संक्रमित आइसीयूमा उपचार गराइहरेका छन्।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लोपटक देखिएका संक्रमितमा श्वासप्रश्वासमा बढी समस्या देखिएको भन्दै सोही बमोजिम आइसीयूको बेड बढाइहरेको जनाए । उनले भने, ‘हामीले कुनै पनि संक्रमित आइसीयूमा बेड नपाएर ज्यान गुमाउन नपरोस भनेर नै बेड संख्या बढाइरहेका छौं ।’
उता देशभर ७६ जना सिकिस्त संक्रमित भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ३६ जना संक्रमित आइसीयू र १० जना भेन्टिलेटरमा उपाररत छन्। यसैगरी प्रदेश २ मा १३ जना आइसीयू र २ जना भेन्टिलेटरमा छन्। उता बाग्मती प्रदेशमा १८४ जना आइसीयूमा र ५७ जना भेनिटलेटरमा छन्। गण्डकी प्रदेशमा १३ जना आइसीयू र २ जना भेन्टिलेटरमा रहेको बताइएको छ । लुम्बिनी प्रदेशमा ४९ जना आइसीयू र ५ जना भेन्टिलेटरमा रहेका छन्। उता कर्णली र सुदूरपश्चिममा भने भेन्टिलेटरमा संक्रमित छैनन् आइसीयूमा क्रमस ४ र ५ जना रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु