पोखरामा ३६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार यसरी कोरोना संक्रमण पुष्टि भएर सो अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० पुगेको छ । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार बुधबारसम्म ८८७ जनाको मृत्यु भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु