Health TV Online
Health TV Online
Health TV Online

२८१ जना सिकिस्त संक्रमितको आइसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार हुँदै

२८१ जना सिकिस्त संक्रमितको आइसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा बुधबारसम्म २८१ जना सिकिस्त कोरोना संक्रमित देशभरका आइसीयूमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा अस्पतालका आइसीयूमा २८१ जना कोरोना संक्रमित उपचाररत रहेका छन। यसैगरी ७१ जना सिकिस्त कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३० जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा ९ जना आइसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्। उता बाग्मती प्रदेशमा सबैभन्दा धेरै १७८ जना आइसीयूमा उपचाररत छन्। भेन्टिलेटरमा पनि ५३ जनाको उपचार भइरहेको जनाइएको छ । यसैगरी गण्डकी प्रदेशमा १३ जना संक्रमित आइसीयूमा रहेका छन् भने १ जना मात्र भेन्टिलेटरमा उपचाररत छन्।

लुम्बिनी र कर्णाली प्रदेशमा भने भेन्टिलेटरमा संक्रमित छैनन् । आइसीयूमा क्रमस ४ र ५ जना उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना